Logo

२०८३, आश्विन ११गते


images
images

बाढी पहिरो

पृथ्वी राजमार्गमा १० स्थानमा पहिरो

पृथ्वी राजमार्गमा १० स्थानमा पहिरो

images
  • पृथ्वी राजमार्गमा १० स्थानमा पहिरो
    images
    images

    धादिङ । असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डमा १० स्थानमा पहिरो गएको छ।

    images
    images
    images

    पहिरोका कारण विभिन्न स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको तथा केही स्थानमा दुईतर्फी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा-मुग्लिङ सडक योजनाले जनाएको छ ।

    images
    images
    images

    असोज ११ गते बिहान १० बजेसम्मको अवस्थाअनुसार शीलतबजारमा चट्टानको पछिल्लो भागबाट लेदो र रुखसहित पहिरो खसेको छ भने सडक छेउसमेत केही भासिएको छ। सो स्थानमा सडक एकतर्फी सञ्चालनमा छ। गोमती खोलामा लेदोसहित पहिरो खसेका कारण सडक एकतर्फी सञ्चालन भइरहेको छ ।

    images
    images
    images

    कृष्णभीरमा माथिबाट लेदोसहित पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ। ज्यामिरेघाट-चौकीभीरमा ढुंगा र लेदोसहित पहिरो खसेपछि दुवैतर्फको आवागमन रोकिएको छ। हुग्दी खोलादेखि जवाङ खोलासम्मको करिब तीन किलोमिटर क्षेत्रमा आधा दर्जनभन्दा बढी स्थानमा ढुंगासहित पहिरो खसेको छ।

    फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडकमा ठूला ढुंगा, लेदो र रुखसहित पहिरो खसेको छ। त्यहाँको चेनेज ६९+०८० मा सडकको आधा भाग करिब ३० मिटर चर्किएको तथा दबिएको जनाइएको छ।

    चुम्लिङटारमा ढुंगासहित पहिरो खसेकाले सडक एकतर्फी सञ्चालनमा छ। धारापानीमा दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। भरिएको कल्भर्ट खुलाउने काम भइरहेको र सडक एकतर्फी सञ्चालनमा रहेको छ। घोप्टेभीरमा ठूला ढुंगा र लेदोसहित पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ भने सिमलधारामा ढुंगा र माटोसहित पहिरो खसेका कारण दुवैतर्फको आवागमन रोकिएको छ।

    सडक योजनाका अनुसार वर्षा रोकिएपछि सबै स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी अवरुद्ध सडक खुलाउने काम गरिनेछ। आज पनि मलेखु-मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहने भएकाले सकेसम्म यात्रा नगर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।