काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रति चासो व्यक्त गरेकी छिन्।
एसपिपी सम्झौतामार्फत अमेरिकाले नेपालमा आफ्नो सैनिक राख्ने प्रस्ताव अघि सारेपछि भण्डारीले त्यसप्रति चासो जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई अघि नबढाउन सन्देश पठाएकी छिन्।
सम्झौताको मस्यौदा सार्वजनिक भएपछि त्यसको विरोध भइहरको छ। अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब दिइरहेको छ।
देउवाको असार अन्तमा हुने अमेरिका भ्रमण र त्यहीँ बेला सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहको कुरा बाहिर आइरहेका बेला राष्ट्रपति भण्डारीले देशलाई दीर्घकालीन असर पर्ने काम नगर्न सुझाव दिएकी हुन्।
स्रोतले भन्यो, ‘राष्ट्रपति भण्डारीले स्वभाविक सरकार संयन्त्रमार्फत् एसपिपीका बारेमा चासो व्यक्त गर्नुभएको छ। उहाँको सुझाव यस्तो दीर्घकालीन असर पर्ने सम्झौता सरकारले अघि बढाउन हुन्न भन्ने सन्देश प्रधानमन्त्रीलाई दिनुभएको छ।’
भण्डारीले नेपालको परराष्ट्र र सुरक्षा नीति जुन जगमा उभिएको छ त्यसलाई खलल पार्ने खालका कुनै पनि सम्झौता हुनु हुन्न भन्ने सन्देश दिएकी छिन्।
नेपाली सेनाको परमाधिपति समेत रहेकी भण्डारीले सेनाका उच्च अधिकारीहरुसँग यो विषयमा निरन्तर छलफल गरिरहेकी छिन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology