Logo

२०८३, भाद्र ५गते


images
images

ग्यास अभाव

देवदहमा नियमितभन्दा बढी ग्यास आपूर्ति, तर अभाव कायमै

देवदहमा नियमितभन्दा बढी ग्यास आपूर्ति, तर अभाव कायमै

७४०१ सिलिन्डर बिक्री हुँदा अहिले १८५ मात्रै मौज्दात, डिलरको थप माग ८२५
images
  • देवदहमा नियमितभन्दा बढी ग्यास आपूर्ति, तर अभाव कायमै
    images
    images

    देवदह । केही समययता देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास खरिद गर्न उपभोक्ताहरू लाइनमा बसेका र सयौँ मिटर लामो सिलिन्डरको लाइन देखिएका तस्बिरसमेत सार्वजनिक भएका छन् । यहीबीच देवदह नगरपालिकाको बजार अनुगमन समितिले मंगलबार देवदहका ग्यास डिलर तथा किराना पसलमा अनुगमन गरेको छ ।

    images
    images
    images

    यसअघि गरिएको अनुगमनपछि नगरपालिकाले देवदहमा ग्यासको अभाव नरहेको रिपोर्ट सार्वजनिक गरेको थियो । सोही रिपोर्टका आधारमा सेतोमसीले पनि ग्यासको आपूर्ति सहज रहेको समाचार प्रकाशित गरेको थियो । तर, समाचार प्रकाशित भएको केही दिनमै बजारमा ग्यास अभाव भएको गुनासो बढ्यो ।

    images
    images
    images

    आधिकारिक रिपोर्टले अभाव नरहेको देखाउने तर उपभोक्ताले ग्यास नपाउने अवस्था किन आयो ? यही प्रश्नमा सेतोमसीको निगरानी टोलीले तथ्यांक र डिलरहरूको अवस्थाबारे अध्ययन गरिरहेको थियो । यसैबीच नगरपालिकाले मंगलबार गरेको अनुगमनबाट प्राप्त तथ्यांक र सेतोमसीले संकलन गरेको तथ्यांक करिब उस्तै देखिएको छ ।

    images
    images
    images

    नियमितभन्दा साउनमा करिब ८ सयदेखि १ हजार ७० सिलिन्डर बढी बिक्री

    सेतोमसीलाई प्राप्त तथ्यांकअनुसार साउन महिनामा देवदहका ११ वटा ग्यास डिलरले ७ हजार ४०१ सिलिन्डर ग्यास बिक्री गरेका छन् । डिलर सञ्चालकहरूसँग गरिएको कुराकानी र उनीहरूले उपलब्ध गराएको विवरणअनुसार देशव्यापी रूपमा ग्यास अभाव देखिनुअघि देवदहमा मासिक ६ हजार ३३० देखि ६ हजार ६३५ सिलिन्डर ग्यास बिक्री हुने गरेको थियो ।

    साउनमा नियमित बिक्रीको माथिल्लो सीमासमेत हेर्दा करिब ७६६ सिलिन्डर बढी बिक्री भएको देखिन्छ । नियमित बिक्रीको न्यूनतम सीमासँग तुलना गर्दा भने यो संख्या १ हजार ७१ सिलिन्डर बढी हुन्छ ।

    यसले ग्यास अभाव सुरु हुनुअघिको नियमित बिक्रीको तुलनामा साउनमा देवदहमा ग्यासको बिक्री उल्लेख्य रूपमा बढेको देखाउँछ ।

    डिलरसँग १८५ सिलिन्डर स्टक, ८२५ सिलिन्डर माग

    नगरपालिकाको बजार अनुगमन समितिले सञ्चारकर्मीसहित ११ वटा डिलर तथा किराना पसलमा गरेको अनुगमनमा अहिले ती व्यवसायीसँग जम्मा १८५ सिलिन्डर ग्यास मौज्दात रहेको पाइएको छ ।

    तर, तत्काल आवश्यक रहेको ग्यासको माग भने ८२५ सिलिन्डर रहेको अनुगमन विवरणमा उल्लेख छ ।

    अर्थात्, साउनमा नियमितभन्दा बढी ग्यास बिक्री भएको देखिँदा अहिले बजारमा मौज्दात भने निकै न्यून छ । एकातिर साउनमा ग्यासको बिक्री बढेको छ, अर्कोतिर अहिले डिलरहरूसँग स्टक छैन र थप ग्यासको माग बढेको छ । देवदहको ग्यास बजारमा देखिएको यही विरोधाभासले ग्यास कहाँ गयो भन्ने प्रश्न उठाएको छ ।

    कहाँ गयो ग्यास ?

    सेतोमसीसँगको अनौपचारिक कुराकानीमा केही ग्यास विक्रेताले उपभोक्तामार्फत ग्यास देवदहबाहिरसमेत गएको हुन सक्ने बताएका छन् ।

    ‘१० दिनअघि दुईवटा सिलिन्डर ग्यास लगेका उपभोक्ता ११ औँ दिनमा ग्यास सकियो भन्दै रित्तो सिलिन्डर लिएर आएका उदाहरण छन्,’ एक ग्यास विक्रेताले भने, ‘बुटवल वा सुनवलमा रहेका आफन्तको ग्यास सकिएर एउटा सिलिन्डर दिएँ भन्दै आउनेहरू पनि छन् । यस्ता कारणले माग बढेको हुन सक्छ ।’

    यद्यपि, यो डिलरहरूको अनुमान मात्र हो । देवदहबाट कति ग्यास अन्यत्र गएको हो भन्ने पुष्टि गर्ने तथ्यांक भने उपलब्ध छैन ।

    देशभर ग्यास अभाव भएको हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात राखेको हुन सक्ने केही डिलर सञ्चालकको भनाइ छ ।

    ‘हामी हल्लामा धेरै विश्वास गर्छौं । कहिलेकाहीँ आवश्यकताभन्दा बढी ग्यास स्टक गर्न थाल्छौँ । यो पनि ग्यास अभावको एउटा कारण हुन सक्छ,’ अर्का ग्यास विक्रेताले भने ।

    साउनमा कुन डिलरले कति बेचे ?

    अनुगमनका क्रममा साउनमा धेरै ग्यास बिक्री गर्ने डिलरमै अहिले स्टक निकै न्यून देखिएको छ ।

    साउनमा १ हजार ७०० सिलिन्डर बिक्री गरेको शुभ अञ्जली इन्टरप्राइजेजमा हाल एउटा पनि सिलिन्डर स्टक छैन । उक्त डिलरले तत्काल ३०० सिलिन्डर ग्यास आवश्यक रहेको जनाएको छ ।

    त्यस्तै, साउनमा १ हजार २०० सिलिन्डर बिक्री गरेको के एण्ड के जनरल स्टोर्समा मंगलबार अनुगमन टोली पुग्दा एक सिलिन्डर मात्रै मौज्दात भेटिएको थियो । उक्त डिलरले थप २२५ सिलिन्डर आवश्यक रहेको जनाएको छ ।

    सबैभन्दा धेरै ग्यास बिक्री गर्ने गणपती किचन वेयरले साउनमा १ हजार ७३० सिलिन्डर बिक्री गरेको थियो । तर, अनुगमनका क्रममा त्यहाँ १९ सिलिन्डर मात्रै स्टक भेटिएको छ । गणपतीले थप १०० सिलिन्डर आवश्यक रहेको जनाएको छ ।

    gyas.png

    यता, साउनमा ९०० सिलिन्डर बिक्री गरेको सृजना ग्यास सप्लायर्ससँग भने अन्य डिलरको तुलनामा सबैभन्दा धेरै ८० सिलिन्डर स्टक रहेको पाइएको छ । सृजनाले थप ग्यासको माग भने उल्लेख गरेको छैन ।

    अन्य डिलरको अवस्था पनि उस्तै छ । राजन इन्टरप्राइजेजले साउनमा ३०१ सिलिन्डर बिक्री गरेकोमा अहिले ३१ वटा स्टक छ र थप ३५ वटा आवश्यक रहेको जनाएको छ । भण्डारी ट्रेड एन्ड सप्लायर्समा २०० बिक्रीको तुलनामा एक, धर्मराज इन्टरप्राइजेजमा १३० बिक्रीको तुलनामा सात र जिज्ञासा ट्रेडर्समा ३८५ बिक्रीको तुलनामा १० सिलिन्डर स्टक रहेको छ ।

    त्यसैगरी, न्यु सिद्धार्थ ट्रेडर्सले साउनमा ६२० सिलिन्डर बिक्री गरेकोमा अहिले १४, दिपिका किराना पसलमा २०० बिक्री गरेकोमा १८ र रेश्मी किराना पसलमा ३५ बिक्री गरेकोमा चार सिलिन्डर स्टक रहेको अनुगमन विवरणमा उल्लेख छ ।

    यसरी हेर्दा ११ डिलरले साउनमा बिक्री गरेको ७ हजार ४०१ सिलिन्डरको तुलनामा अहिले उनीहरूसँग जम्मा १८५ सिलिन्डर मात्रै बाँकी छ । अर्कोतर्फ डिलरहरूले थप ८२५ सिलिन्डर आवश्यक रहेको बताएका छन् ।

    ‘लुम्बिनी’ ग्यास प्रयाप्त, ‘बुटवल ग्यास’को आपूर्ति कमजोर

    देवदहको बजारमा लुम्बिनी, जानकी, चन्देश्वरी, स्वस्तिक, सिद्धार्थ, सिद्धनाथ, आरती, बुटवल र त्रिशूललगायत ब्रान्डका ग्यास सिलिन्डर बिक्री हुँदै आएका छन् ।

    अनुगमन विवरणअनुसार बजारमा लुम्बिनी ग्यासको आपूर्ति सबैभन्दा सहज देखिएको छ । डिलरहरूले लुम्बिनी ग्यासको अभाव नरहेको बताएका छन् ।

    त्यस्तै जानकी र चन्देश्वरी ग्यासको आपूर्ति सामान्य रहेको अनुगमनबाट देखिएको छ । तर, बुटवल ग्यासको आपूर्ति सबैभन्दा कमजोर रहेको पाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्यास अभाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।