Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

देवदहमा ४५ सय हेक्टर कृषियोग्य भूमि : ३५ सयमा धान खेती, असार १५ सम्म ३५ प्रतिशत रोपाइँ

देवदहमा ४५ सय हेक्टर कृषियोग्य भूमि : ३५ सयमा धान खेती, असार १५ सम्म ३५ प्रतिशत रोपाइँ

images
  • देवदहमा ४५ सय हेक्टर कृषियोग्य भूमि : ३५ सयमा धान खेती, असार १५ सम्म ३५ प्रतिशत रोपाइँ
    images
    images

    देवदह । असारको पहिलो हप्तासम्म पनि वर्षात् नभएर चिन्तामा परेका किसान केहि दिनदेखि नियमित वर्षा भएसंगै हर्षीत छन् । लामो समयको खडेरीका कारण सुख्खा रहेका खेतमा बर्षासंगै रोपाईं सुरु भएको छ ।

    images
    images
    images

    ढिलो गरी वर्षा भएका कारण सबैलाई रोपाई गरिहाल्नुपर्ने चटारो छ । यहि चटारोले अहिले धान रोपाईका लागि आवश्यक रोपाहर र बाउसेको खडेरी परेको छ ।

    images
    images
    images

    देवदह क्षेत्रको अवस्था माथि उल्लेखितभन्दा फरक छैन । असार १५ को यहि माचोका बीच देवदह नगरपालिकाले २३औं धान दिवस तथा रोपाईं महोत्सव मनाएको छ । स्थानीय निर्माण बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा देवदह नगरपालिकाले रोपाईं दिवस मनायो । 

    images
    images
    images

    रोपाईं महोत्सवको औपचारिक कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले कृषिमा प्रविधि अत्यावश्यक भएको बताए । ‘अब प्रविधिको प्रयोग नगरी कृषि उत्पादन सहज छैन ।’ प्रमुख खरेलले भने, ‘जति मेसिनको प्रयोग गरिन्छ, कृषि त्यति नै सहज र व्यावसायिक हुन्छ ।’

    देवदह कृषि  (2).png
     रोपाईँ दिवसको औपचारिक समारोहमा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायत । फोटो : सेतोमसी  

    प्रमुख खरेलले सहकारीलाई धान रोप्ने मेसिन खरिद गर्न आग्रह गर्दै त्यसका लागि देवदह नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । आधुनिक कृषि प्रविधिको प्रयोगले किसानको श्रम र लागत घट्नुका साथै उत्पादनसमेत बढ्ने उनको भनाइ छ ।

     ४५ सय हेक्टर कृषियोग्य जमिन, ३५ सयमा धान खेती
     
    देवदह नगरपालिका कृषि शाखाका अनुसार नगरपालिकामा करिब ४ हजार ५ सय हेक्टर कृषियोग्य भूमि छ । त्यसमध्ये ३ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ । 

    कृषि प्राविधिक पविन्द्र मल्लका अनुसार देवदहमा प्रति हेक्टर औसत ४ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने गर्छ । १७ हजार ३०० घर धुरी र ७२ हजार ४५७ जनसंख्या रहेको देवदहमा १५ हजार ७५० मेट्रिक टन धान उत्पादन हुने गर्छ । जुन औसत प्रतिघर धुरी एक मेट्रिक टनभन्दा बढी हो । 

    देवदह कृषि  (1).png
    धान दिवसमा धान रोप्दै जनप्रतिनिधि तथा निर्माण सहकारीका सदस्यहरु ।  फोटो : सेतोमसी 

    उल्लेखित तथ्यांकको आधारमा नगरपालिका कृषि शाखाले देवदह धानमा आत्मनिर्भर रहेको दावी गरेपनि देवदहलाई कति मेट्रिक टन धान चाहिने हो भन्ने यकिन तथ्यांक भने कार्यालयसंग छैन । 

     असार १५ सम्म ३५ प्रतिशत रोपाईं 

    यो वर्ष वर्षा ढिला भएकाले रोपाइँले अझै गति लिन नसकेको नगर कृषि शाखाले जनाएको छ । प्राविधिक मल्लका अनुसार असार १५ सम्म करिब ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ । जुन गत वर्षको तुलनामा कम हो । गत बर्ष असार १५ सम्म देवदहमा ४५ प्रतिशत रोपाईँ भएको थियो । 

    देवदहको ४५ सय हेक्टर कृषियोग्य जमिन मध्ये २४ सय हेक्टरमा सिंचाईको व्यवस्था रहेको तथ्यांक नगरपालिकासंग छ । प्राप्त तथ्यांक विश्लेषण गर्दा ५३ प्रतिशतभन्दा धेरै कृषि क्षेत्रमा सिंचाई हुने गर्छ । अन्य कृषिक्षेत्र आकाशे पानीमा निर्भर रहन्छ । 

    ५३ प्रतिशतभन्दा धेरै कृषि क्षेत्रमा सिंचाई हुने भनिएपनि वास्तविकता भने त्यस्तो नभएको पुष्टि रोपाईं कम हुनुले गर्छ । वर्षा ढिलो भएकै कारण असार १५ सम्म जम्मा ३५ प्रतिशत रोपाईं हुनुले कागजमा कुलो र सिंचाई कागजमा मात्रै सिमित त छैन भन्ने प्रश्न जन्माएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # असार १५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।