Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

images
  • दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
    images
    images

    दाङ । दाङको राप्ती गाउँपालिका-१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै भालुवाङ-प्युठान पक्की सडकखण्डमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    images
    images
    images

    भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको जिल्ला प्युठान, स्वर्गद्वारी नगरपालिका-२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२-००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको जिल्ला अर्घाखाँची, सितगंगा नगरपालिका-८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएको रा.४ प ५८३६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

    images
    images
    images

    दुर्घटनामा स्कुटीको पछाडि सवार जिल्ला अर्घाखाँची, सितगंगा नगरपालिका-८, लापे निवासी ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    images
    images
    images

    दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।