Logo

२०८३, श्रावण ३०गते


images
images

अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने भन्दै एमालेद्वारा संसद् बहिष्कार

अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने भन्दै एमालेद्वारा संसद् बहिष्कार

images
  • अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने भन्दै एमालेद्वारा संसद् बहिष्कार
    प्रतिनिधि सभा बैठक फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् । 

    images
    images
    images

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रि शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताए ।

    images
    images
    images

    अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आशा गरेको तर त्यो नआएको उनको भनाइ थियो । त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको उनको भनाइ थियो । उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप लगाए । त्यसपछि बहिष्कारको जानकारी गराए, 'यो शिर्षकको सदनलाई बहिष्कार गर्न चाहन्छौं । यसपछिका पूर्ववत गतिविधिमा एमाले सामेल हुने कुरा जानकारी गराउन चाहन्छु ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।