Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

images
  • उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
    images
    images

    उदयपुर । उदयपुरको बेलका नगरपालिका-५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार बिहान करिब ९: ४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किँदा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा बेलका नगरपालिका-५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी अर्की महिलाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइते हुनेमा अटो चालक २८ वर्षीय इन्द्र थापा मगर, १८ वर्षीय रोशन मगर र विराटनगरका १९ वर्षीय अजित गुरुङ रहेका छन् । इन्द्र र रोशनको अवस्था गम्भीर रहेको छ भने अजितको अवस्था मध्यम रहेको छ ।

    दुर्घटनापछि प्रहरीले घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान पठाएको थियो । अटो प्रहरीको नियन्त्रणमा रहेको छ भने बस र चालक विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # अटो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।