Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

images
  • प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदसँग परामर्श गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदसँग बाढीबाट भएको क्षति, नदी तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे छलफल भएको हो ।

    images
    images
    images

    भेटमा सांसदहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट परेको असर तथा उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।

    images
    images
    images

    यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए ।

    सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालन भएको बताएका छन् । उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

    सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।