Logo

२०८३, आश्विन ११गते


images
images

भोटेकोशीमा फेरि बाढीको जोखिम, तुरुन्त सुरक्षित स्थानमा जान आग्रह

भोटेकोशीमा फेरि बाढीको जोखिम, तुरुन्त सुरक्षित स्थानमा जान आग्रह

images
  • भोटेकोशीमा फेरि बाढीको जोखिम, तुरुन्त सुरक्षित स्थानमा जान आग्रह
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    प्राधिकरणले भदौ १० गते भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा फेरि लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाउदै थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

    images
    images
    images

    प्राधिकरणले उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई समेत सतर्क रहन भनेको छ । प्राधिकरणले भनेको छ- 'जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जानुहोस् ।'

    images
    images
    images

    प्राधिकरणले सम्भावित बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नदी किनारमा अनावश्यक रूपमा नजान र जोखिमको अवस्था देखिए तत्काल सुरक्षित तथा अग्लो स्थानमा जानसमेत आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।