Logo

२०८३, कार्तिक ३०गते


images
images

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा दिलाइन् नेपाललाई दुई पदक

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा दिलाइन् नेपाललाई दुई पदक

images
  • तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा दिलाइन् नेपाललाई दुई पदक
    images

    काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् ।

    images
    images
    images

    नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक जितेकी हुन् ।

    images
    images
    images

    बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको निकै प्रतिस्पर्धात्मक खेलमा फाइनलको अन्तिम समयमा पराजित भइन् । 

    images
    images

    त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक जित्न सफल भएकी हुन् । 

    वैभवीले केही अघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी थिइन् ।

    कात्तिक २८ र २९ गते चलेको उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेशिया, अमेरिका, हङकङ, म्यानमार, बेल्जियम, सिगापुर र भियतनाम गरी १० राष्ट्रका करिब तीन हजार खेलाडीको सहभागिता रहेको थियो ।

    वैभवी असोज दोस्रो सातादेखि बैंककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी थिइन् । वैभवीलाई केही अघिमात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ । उनी आगामी शुक्रबार स्वदेश फर्कँदैछिन्  ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।