काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली फर्काउन कांग्रेसले चितवनबाट दुबो ल्याएर पुनःरोपण सुरु गरेको छ ।
आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका थिए । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना र भारी वर्षाका कारण दुबो बिग्रिएको थियो ।
काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यले खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार पुनःस्थापनाको काम सुरु गरिएको बताए । कांग्रेसले आगामी दिनमा नियमित सिँचाइ, मलखाद र मर्मतसम्भार गरेर खुलामञ्चको संरक्षण गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology