Logo

२०८३, आश्विन ९गते


images
images

क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित

क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित

images
  • क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित
    images
    images

    काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । सेलहर्स्ट पार्कमा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड र रियान चेर्कीले समान दुई-दुई गोल गरेका थिए ।

    images
    images
    images

    सिटीले खेलको १७औँ मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । एन्टोइन सेमेन्होको क्रसमा हालान्डले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटीले अग्रता कायम राखेको थियो ।

    images
    images
    images

    दोस्रो हाफमा सिटीले आफ्नो अग्रता थप बलियो बनायो । ५४औँ मिनेटमा चेर्कीले क्रिस्टल प्यालेसका रक्षकलाई छलाउँदै उत्कृष्ट गोल गर्दै सिटीको अग्रता २-० मा पुर्‍याएका थिए । तर त्यसको दुई मिनेटपछि क्रिस्टल प्यालेस खेलमा फर्किएको थियो । येरेमी पिनोको फ्रिकिक गोलरक्षक जियानलुइजी डोनारुम्मालाई लाग्दै गोलमा परिणत भएपछि प्यालेसले अन्तर २-१ मा झारेको थियो ।

    images
    images
    images

    तर सिटीले त्यसपछि लगातार दबाब बढायो । ५९औँ मिनेटमा चेर्कीले नै अर्को गोल गर्दै टोलीलाई ३-१ को अवस्थामा पुर्‍याएका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा हालान्डले फिल फोडेनको सहयोगमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको ४-१ को जित सुनिश्चित गरेका थिए ।

    यस जितसँगै म्यानचेस्टर सिटीले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । टोलीले पहिलो खेलमा बर्नमाउथलाई २-१ ले पराजित गरेको थियो । क्रिस्टल प्यालेस भने लगातार दोस्रो खेलमा पराजित भएको छ । नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले सुरुआती दुई खेलबाट शतप्रतिशत नतिजा निकाल्दै सिजनको राम्रो सुरुआत गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।