Logo

२०८३, कार्तिक २३गते


images
images

नटिङ्घम फरेस्टसँग म्यानचेस्टर सिटी स्तब्ध

नटिङ्घम फरेस्टसँग म्यानचेस्टर सिटी स्तब्ध

images
  • नटिङ्घम फरेस्टसँग म्यानचेस्टर सिटी स्तब्ध
    images

    काठमाडौँ । नटिङ्घम फरेस्टले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको छ । घरेलु मैदान सिटी ग्राउन्डमा भएको खेलमा लियाम डेलापले दुई गोल गरे भने जाइर कुन्हाले एक गोल थपे ।

    images
    images
    images

    सिटीका लागि रयान चेर्कीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यससँगै म्यानचेस्टर सिटीले लिगमा लगातार तेस्रो हार बेहोरेको छ ।

    images
    images
    images

    खेलको छैटौँ मिनेटमै जाइर कुन्हाले गोल गर्दै नटिङ्घम फरेस्टलाई अग्रता दिलाएका थिए। सिटीका डिफेन्डर योस्को ग्वार्डियोलबाट बल खोसेर अगाडि बढेका उनले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई छक्याउँदै गोल गरेका थिए।

    images
    images

    त्यसको १२ मिनेटपछि लियाम डेलापले व्यक्तिगत प्रयासमा गोल गर्दै फरेस्टको अग्रता दोब्बर बनाए। जाभर श्लागरको पासमा बल नियन्त्रणमा लिएका डेलापले सिटीका रक्षकलाई छलाउँदै गोल गरेका थिए।

    पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो। खेलको ५२औँ मिनेटमा रयान चेर्कीले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै सिटीको आशा जगाएका थिए।

    त्यसपछि सिटीले बराबरी गोलका लागि दबाब बढाए पनि सफल हुन सकेन। उल्टै खेलको ७३औँ मिनेटमा डेलापले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। मोर्गन गिब्स–ह्वाइटको पासमा अगाडि बढेका उनले शक्तिशाली प्रहार गर्दै फरेस्टको जित सुनिश्चित गरेका थिए ।

    यस जितसँगै नटिङ्घम फरेस्टले यस सिजन घरेलु मैदानमा पहिलो जित निकालेको छ। टोली ९ अङ्कसहित तालिकाको १६औँ स्थानमा उक्लिएको छ ।

    यता, लगातार तीन खेलमा पराजित भएपछि म्यानचेस्टर सिटीको उपाधि होडमा धक्का लागेको छ। १० खेलबाट २१ अङ्क जोडेको सिटी शीर्ष स्थानको आर्सनलभन्दा ६ अङ्कले पछाडि परेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।