Logo

२०८३, कार्तिक २३गते


images
images

डिपिएल : खैरेनी फाइनलमा, उपाधिका लागि फेरि बिर्तासँग भिड्ने

डिपिएल : खैरेनी फाइनलमा, उपाधिका लागि फेरि बिर्तासँग भिड्ने

images
  • डिपिएल : खैरेनी फाइनलमा, उपाधिका लागि फेरि बिर्तासँग भिड्ने
    images

    देवदह । खैरेनी ग्लाडिएटर्स देवदह प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा ढेकावर योद्धालाई ३ विकेटले पराजित गर्दै खैरेनीले फाइनलमा स्थान बनाएको हो ।

    images
    images
    images

    डिसियू मैदानमा टस जितेर पहिले बलिङ रोजेको खैरेनीले ढेकावरलाई २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनमा रोकेको थियो । ढेकावरका लागि सम्राट थापाले ३०, तुलबहादुर थापाले २३ र रामनाथ कुर्मीले १६ रन बनाए ।

    images
    images
    images

    खैरेनीका अनिल यादव र रुपेश कुर्मीले समान २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको खैरेनीले १९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । खैरेनीका संकेत भट्टराईले २७, सुरज सरुले २४ र अर्जुन घर्तीले २१ रन बनाए । ढेकावरका तुलबहादुर थापा र रञ्जित खड्काले समान २ विकेट लिए ।

    images
    images

    यससँगै डिपिएलको उपाधिका लागि बिर्ता राइनोज र खैरेनी ग्लाडिएटर्सबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणको खेलमा खैरेनीले बिर्तालाई पराजित गरेको थियो । तर, शनिबार सम्पन्न पहिलो क्वालिफायरमा सुपर ओभरमा खैरेनीलाई हराउँदै बिर्ताले फाइनलमा स्थान बनाएको थियो । अब दुवै टोली उपाधिका लागि पुनः आमनेसामने हुँदैछन् ।

    डिपिएलको विजेता टोलीले २ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

    डिपिएलका सबै खेल सेतोमसी डटकममार्फत प्रत्यक्ष प्रसारण हुँदै आएका छन् । सोमबार दिउँसो १ बजे हुने फाइनल खेल पनि सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।