Logo

२०८३, आश्विन ९गते


images
images

साकाको गोलमा आर्सनल विजयी

साकाको गोलमा आर्सनल विजयी

images
  • साकाको गोलमा आर्सनल विजयी
    images
    images

    काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १-० गोल अन्तरले पराजित गर्दै सिजनको लगातार दोस्रो जित निकालेको छ ।

    images
    images
    images

    भिल्ला पार्कमा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । घरेलु टोली एस्टन भिल्लाले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । एमिलियानो बुएन्डियाको प्रहार बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा आर्सनलले दबाब बढाउँदै खेलको ५९औँ मिनेटमा अग्रता लिएको थियो । एबेरेची एजेले रिकार्डो कालाफिओरीलाई दिएको पासपछि कालाफिओरीले उपलब्ध गराएको बललाई बुकायो साकाले नजिकबाट जाली चुमाएका थिए ।

    images
    images
    images

    त्यसपछि एस्टन भिल्लाले बराबरीका लागि प्रयास गरे पनि आर्सनलको रक्षापंक्तिले बलियो प्रदर्शन गर्दै अग्रता जोगाएको थियो । आर्सनलले खेलमा ६२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो ।

    images
    images
    images

    यस जितसँगै आर्सनलले दुई खेलबाट ६ अंक जोडेको छ । गत सिजनको उपाधि रक्षा अभियानमा आर्सनलले लगातार दुई जितसहित उत्कृष्ट सुरुवात गरेको हो । एस्टन भिल्ला भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहीन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।