Logo

२०८३, श्रावण ३१गते


images
images

१८ बुँदामा काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : जसबाट देशभरीका पालिकाले सिक्न सक्छन् 

१८ बुँदामा काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : जसबाट देशभरीका पालिकाले सिक्न सक्छन् 

images
  • १८ बुँदामा काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : जसबाट देशभरीका पालिकाले सिक्न सक्छन् 
    images
    images

    काठमाडौं । आइतबार  काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । मेयर बालेन्द्र साहले सार्वजनिक गरेको उक्त कार्यक्रममा उनले केही पुराना योजनालाई निरंतरता दिएका छन् भने अधिकांश नयाँ र रचनात्मक योजना अघि सारेका छन् । 

    images
    images
    images

    हेरौं, १८ बुँदामा काठमाडौं महानगरको नीति तथा कार्यक्रम जसबाट देशभरीका अन्य पालिकाले समेत सिक्न सक्नेछन् ।

    images
    images
    images
    • सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइने ।
      सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिने । यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिने ।
    • वडास्तरीय सामुदायिक सिकाई केन्द्र (Community Learning Center) मार्फत अनौपचारिक शिक्षा  र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ ।
    • महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ | बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने ।
    • महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइने ।
    • एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल (Digital Profile) तयार गरी एकीकृत विवरण सङ्कलन गरिनेछ , बिग्रेका ढल, बाटो थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइने ।
    • फुटपाथको स्तरोन्नति, बसस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा, सार्बजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिकमैत्री बनाइने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता
    • महानगरक्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्पी थियटर निर्माण गरिने ।
    • प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक बर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइने । 
      नेवा: समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय Branding  गर्न पहल गरिने, बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने ।
    • फोहरलाई पुन: प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने ब्यबस्था मिलाईने, फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुन: प्रयोग तथा सो बाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका  उपयुक्त स्थानहरुमा Waste to Energy Plant जडान गर्ने ।
    • सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिनेछ | हरेक महिनाको पहिलो आइतबार जनतासंग मेयर कार्यक्रम , महानगर ई लाइब्रेरी स्थापना गरी संचालनमा ल्याइने ।
    • महानगरपालिकाद्वारा प्रबाह गर्ने सेवालाई क्रमश: होम डेलीभरी सरकारको अबधारणा अनुरुप बिस्तार गर्दै लगिने ।
    • राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद क्लबहरुसंगको सहकार्यमा लिग प्रतियोगिताहरु आयोजाना गरिने, ई स्पोर्ट प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने ।
    • महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिने ।
    • ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइने ।
    • अपाङ्गमैत्री एटिएम मेशिन समेत संचालन गर्न आबश्यक समन्वय गरिने ।
    • आफ्नै मार्ट ( केएमसी मार्ट )  निर्माण गरी संचालनमा ल्याउन आबश्यक ब्यबस्था मिलाइने ।
    • सार्बजनिक यातायातलाई प्रभाबकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्बजनिक यातायातलाई एउटै छातामुनी संचालन हुने गरी ब्यबस्थापन गर्न आवश्यक पहल गरिने ।
    • फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाउने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।