Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा १ सयमै पेटभरि खाना

बुटवलमा १ सयमै पेटभरि खाना

images
  • बुटवलमा १ सयमै पेटभरि खाना
    images
    images

    बुटवल । पेट्राेलियम पदार्थकाे मूल्य बृद्धिका कारण अहिले बजारकाे भाउ छाेइनसक्नु छ । तर लुम्बिनी प्रदेशकाे मुख्य व्यापारीक केन्द्र बुटवलमा सय रूपैयाँमै पेटभरी खाना खान पाइन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । 

    images
    images
    images

    सामान्यतया अन्य हाेटेलमा सादा खानाकाे मूल्य करिब तीन सयकाे हाराहारीमा पुग्न थालिसकेकाे छ । तर बुटवलकाे संसद चाेकमा रहेकाे भिरपानी थकाली भान्सा घरमा एक सय रूपैयाँमै पेट भरी खाना खान पाइन्छ । 

    images
    images
    images

    बजार मंहगीका कारण दैनिकी गुजार्न मुस्किलमा रहेका मजदुर, अध्ययन गर्दै गरेका विद्यार्थी र कर्मचारीलाई मुख्य तार्गेटमा राखेर भान्साघर सञ्चालनमा ल्याइएकाे सञ्चालक दुर्गा थापा बताउँछिन् । 

    images
    images
    images

    भान्साघरमा सय रूपैयाँमा सादा खाना, १ सय ५० मा चिकेन खाना र २ सय ५० मा मटन खाना खान पाइन्छ । 

    समाजसेवामा कृयाशिल थापाले नाफाका लागि भन्दा पनि सेवाका लागि भान्सा सञ्चालन गरेकाे बताउँछिन् । 

    लामाे समयदेखि समाज सेवा गर्दै आएकी उनले काेराेना महामारीकाे समयमा विपन्न वर्गलाई खाना तथा उपचारमा सहयाेग गरेर प्रशंसा बटुलेकी थिइन्। 

    महङ्गा हाेटलहरूकाे शहर बुटवलमा एक सयमै खाना खान पाउँदा आफुहरूलाई धेरै सहज भएकाे हाेटेलमा खाना खान आएकी सरीता थापाको भनाइ छ । 

    एक छाक खानाकाे पैसाले तीन छाक खान सक्ने भएकाले आफुहरू आउने गरेकाे अर्का ग्राहक सन्तोष न्याैपाने बताउँछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।