Logo

२०८३, आश्विन १०गते


images
images

मौसम पूर्वानुमान : देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा

मौसम पूर्वानुमान : देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा

images
  • मौसम पूर्वानुमान : देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका साथै  लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    images
    images
    images

    त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।  देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।