Logo

२०८३, कार्तिक २३गते


images
images

मौसम पूर्वानुमान : गण्डकी प्रदेशको एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : गण्डकी प्रदेशको एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

images
  • मौसम पूर्वानुमान : गण्डकी प्रदेशको एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।  

    images
    images
    images

    त्यस्तै, आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहा‍डी भू-भागमा आंशिक बादल लाग्ने र  देशका बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।