Logo

२०८३, आश्विन ९गते


images
images

काठमाडौँ महानगरले लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार गरिदिने

काठमाडौँ महानगरले लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार गरिदिने

images
  • काठमाडौँ महानगरले लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार गरिदिने
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीले स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यो सेवा पाउनेछन्। महानगर क्षेत्रका स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत सेवाबाट लाभान्वित हुनेछन् ।

    images
    images
    images

    यसका लागि महानगरपालिकाले कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार अस्पतालमा उपचारका लागि आवश्यक औजार तथा उपकरण खरिद र निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले २ करोड रुपैयाँ उपलब्ध गराएको छ । त्यसमध्ये १ करोड रुपैयाँ जलन उपचार कोषमा राखिनेछ । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकम आगामी वर्षमा समेत जलन उपचारमै प्रयोग गरिनेछ ।

    images
    images
    images

    कोषको रकम उपचार सेवामा मात्र प्रयोग हुनेछ। बिरामीले अस्पतालको क्याबिन, विशेष शुल्क लाग्ने सेवा वा सौन्दर्य उपचार रोजेमा भने कोषबाट रकम उपलब्ध हुने छैन । महानगरपालिकाले यसअघि उपलब्ध गराएको १ करोड रुपैयाँबाट खरिद गरिएका शल्यक्रियाका लागि आवश्यक उपकरण, विद्युत् आपूर्तिका लागि यन्त्र र डिजिटल एक्सरे उपकरणसमेत अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण जलन भएका बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कोष स्थापना गरिएको बताइन् । उनले अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई जलनबाट बच्ने उपाय, प्राथमिक उपचार र सुरक्षासम्बन्धी तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

    सम्झौताअनुसार जलनको उपचारसँगै दुर्घटना रोकथाम, प्राथमिक उपचार र सुरक्षासम्बन्धी जनचेतना तथा क्षमता विकासका कार्यक्रम पनि सञ्चालन हुनेछन् । महानगरपालिकाको सहयोगबाट जलन उपचारको क्षमता थप विस्तार हुने र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।