देवदह । रुपन्देहीको देवदहस्थित खैरेनीमा स्कुटर दुर्घटना हुँदा बालकसहित तीन जना घाइते भएका छन् ।
खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु ०१–००३ प ९५८८ नम्बरको स्कुटर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको खैरेनी प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार तीनै जना घाइते भएका छन् । घाइतेमध्ये एक जना बालक रहेको प्रहरीले जनाएको छ ।
अन्य दुई जना घाइतेमा स्कूटर चालक अन्दाजी २८-३० वर्षका पुरुष र पछाडि सवार अन्दाजी ४५-४७ वर्षको महिला रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेको थप विवरण र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology