देवदह । सरहन कालिका सामुदायिक वन उपभोक्ता समूह देवदह-६ ले आर्थिक वर्ष २०८२÷०८३ मा उत्पादित काठ दाउरा लिलाम विक्रीबाट ५९ लाख ८६ हजार ४ सय ३३ रुपैंया बराबर आम्दानी गर्न सफल भएको छ । समूहले डिभिजन वन कार्यालय रुपन्देहीको २०८३ भाद्र ५ गतेको लिलाम विक्री सहमती बमोजिम काठ दाउरा विक्रीका लागि रितपूर्वक परेका गोप्य शिलवन्दी फारम (टेण्डर) बमोजिम उक्त आम्दानी गरेको हो ।
सरहन कालिकामा आर्थिक वर्ष २०८२÷०८३ मा कुल ५८३० क्युफिट काठ र १७ चट्टा दाउरा उत्पादन भएको थियो । जसमध्ये उपभोक्तामा २८५।७० क्यु फिट र १ चट्टा दाउरा विक्री भएको समूहका अध्यक्ष सम्मर बहादुर जर्घाले जानकारी दिए ।
सरहन कालिकाले कुल ५३०९ क्यु फिट काठ र १३ चट्टा दाउरा लिलाम विक्रिको लागि टेण्डर आव्वहान गरेको थियो । अध्यक्ष जर्घाका अनुसार गत आर्थिक वर्षमा आपुर्ती समितिलाई छुट्टाएको मध्ये फिर्ता भएको ७११।५५ क्युफिट काठ समेत लिलाममा समावेश गरिएको थियो । समूहले यस आर्थिक बर्षमा ९४७।९४ क्युफिट काठ र ३ चट्टा दाउरा जिल्ला वन पैदावर आपुर्ती समितिलाइ छुट्टाएको जर्घाले बताए ।
समूहले गत भाद्र २१ गते काठ दाउरा लिलाम विक्री सम्बन्धि विस्तृत सूचना बमोजिम बोलपत्रद्वारा लिलाम विक्रीका लागि गोप्य शिलबन्दिपत्र आव्हान गरेको थियो । जसमा १२४ थान बोलपत्र फारम बिक्री भएको र ४० वटा बोलपत्र फारम दाखिला भएको समूहले जनाएको छ । सोही दाखिला फारम शुक्रबार सामुदायिक वनका पधाधिकारी, वनका कर्मचारी, छिमेकी सामुदायिक वनका प्रतिनिधि, शुरक्षाकर्मी, सञ्चारकर्मी तथा उपभोक्ता प्रतिनिधि लगायतको उपस्थितिमा खोलिएको हो ।
जसमध्ये लट नम्बर १ मा साल जातका १८१ थान गोलियाको कुल ६९२।३५ क्यु फिट काठ समावेश थियो । जसको न्युनतम मूल्य ५,०१,७६९।५७ रुपैंया तथा साल मिश्रित १ चट्टा दाउराको न्युनतम मूल्य ८०००।०० रुपैंया राखिएको थियो । जसमा ६ वटा फर्मले बोलपत्र फारम दाखिला गरेकोमा सबैभन्दा बढि ९,०६,०००।०० रुपैंया कबोल गर्ने प्रशंसा स:मिल बुटवल २१ को टेण्डर सदर भएको छ ।
यसैगरी लट नम्बर २ मा साल जातका ९७ थान गोलियाको कुल ४९३।८३ क्यु फिट, अन्य जातका ३९ थान गोलियाको ११७।०४ क्युफिट काठको न्युनतम मूल्य ४,२०,९६४।७५ रुपैंया तथा साल मिश्रित २ चट्टा दाउराको न्युनतम मूल्य १६,०००।०० रुपैंया रहेकोमा कुल ६ वटा फर्मले बोलपत्र फारम दाखिला गरेका थिए । जसमा सबैभन्दा बढि ८,१२,०००।०० रुपैंया कबोल गर्ने सरस्वती स: मिल तिलोत्तमा-७ को टेण्डर फारम सदर भएको छ ।
लट नम्बर ३ मा साल जातका १९६ थान गोलिया रहेकोमा कुल ७२३।७१ क्यु फिट काठको न्युनतम मूल्य ५,५४,५५६।४५ तथा साल मिश्रित १ चट्टा दाउरा को न्युनतम मूल्य ८०००।०० राखिएको र ७ वटा फर्मले बोलपत्र फारम दाखिला गरेका थिए । जसमा सबैभन्दा बढि १०,०५,०००।०० रुपैंया कबोल गर्ने प्रशंसा स:मिल बुटवल २१को टेण्डर फारम सदर भएको छ ।
यस्तै लट नम्बर ४ मा साल जातका २११ थान गोलियाको कुल ८७७।१२ क्यु फिट काठको न्युनतम मूल्य ६,४५,६४८।६९ रुपैंया तथा साल मिश्रित २ चट्टा दाउराको न्युनतम मूल्य १६,०००।०० रुपैंया राखिएकोमा ९ वटा फर्मले बोलपत्र फारम दाखिला गरेका थिए । जसमा सबैभन्दा बढि ११,००,०००।०० रुपैंया कबोल गर्ने सरस्वती स: मिल तिलोत्तमा-७ को टेण्डर फारम सदर भएको छ ।
त्यस्तै लट नम्बर ५ मा साल जातका २४७ थान गोलियाको कुल ७११।५५ क्यु फिट काठको न्युनतम मूल्य ४,१२,४८५।६५ रुपैंया, असना ६३ थान गोलियाको ३६२।०६ क्यु फिट काठको मूल्य ९३,७१२।२८ रुपैंया तथा साल मिश्रित ३ चट्टा दाउराको न्युनतम मूल्य २४,०००।०० रुपैंया राखिएकोमा ३ वटा फर्मले बोलपत्र फारम दाखिला गरेका थिए । जसमा सबैभन्दा बढि ८,७०,०००।०० रुपैंया कबोल गर्ने परिवेश एण्ड सदिरा स: मिल तथा फर्निचर उद्योग देवदहको टेण्डर फारम सदर भएको छ ।
यसैगरी लट नम्बर ६ मा साल जातका ९९ थान गोलियाको कुल ४७४।५२ क्यु फिट काठको न्युनतम मूल्य ३,६३,७६९।६९ रुपैंया, असना ५२ थान गोलियाको ३२२।२४ क्यु फिट काठको ७८,९१८।३० रुपैंया तथा साल मिश्रित २ चट्टा दाउराको न्युनतम मूल्य १६,०००।०० रुपैंया राखिएकोमा ५ वटा फर्मले बोलपत्र फारम दाखिला गरेका थिए । जसमा सबैभन्दा बढि ७,०८,३३३।०० रुपैंया कबोल गर्ने वि एण्ड स: मिल तथा फर्निचर उद्योग नवलपुरको टेण्डर फारम सदर भएको छ ।
यस्तै लट नम्बर ७ मा साल जातका ५४ थान गोलियाको कुल ३०६।२३ क्यु फिट काठको न्युनतम मूल्य २,७६,६३३।४३ रुपैंया, असना तथा अन्य जातका २५ थान गोलियाको २२८।४४ क्यु फिट काठको ७४,५८१।१८ रुपैंया तथा साल मिश्रित २ चट्टा दाउराको न्युनतम मूल्य १६०००।०० रुपैंया राखिएकोमा ४ वटा फर्मले बोलपत्र फारम दाखिला गरेका थिए । जसमा सबैभन्दा बढि ५,८५,१००।०० रुपैंया कबोल गर्ने खेलोमेलो स: मिल तथा फर्निचर उद्योग कञ्चन-२ को टेण्डर फारम सदर भएको छ । टेण्डर फारम दाखिला गर्ने फर्मले न्यूनतम मुल्यमा प्रति क्यूफिट १४५ रुपैंया कटान मुछान खर्च सहित बढि रकम बोलकबोल गरेको समूहले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology