Logo

२०८३, आश्विन ९गते


images
images

धर्म संस्कृति

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको व्रत र पूजा गरेर मनाइदै

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको व्रत र पूजा गरेर मनाइदै

images
  • आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको व्रत र पूजा गरेर मनाइदै
    images
    images

    काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ । परिवर्तिनी एकादशीको व्रतले अतुलनीय पुण्य दिने मान्यता रहदै आएको छ ।

    images
    images
    images

    हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ । पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो ।

    images
    images
    images

    आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टे फेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुको आज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गर्ने चलन पनि छ ।

    images
    images
    images

    त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि विष्णु भगवानको परम भक्त थिए । तर उनले ईन्द्रसित पुर्वाग्रहरहेका कारण ईन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । बृहस्पति सहित ईन्द्रादी देवता बिष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रुपमा वामन रूप धारण गरेर, तेजस्वी बलिसँग आफ्नो पाईताला राख्न तीन पाइला भूमिको याचना गरेको शास्त्रमा उल्लेख छ । महाबलीले ती तीन पाइला जमीन आफ्नालागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गरेका थिए । तर बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट,जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राखेको र दोश्रो पद स्वर्गलोकमा राखेको उल्लेख छ । अब तेस्रो पदकहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले बाचा स्वरुप आफ्नो शिर झुकाए र बिष्णुलेआफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिएको कथन छ ।

    बिष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसंगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहेको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको मान्यता छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।