Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा आज नयाँ मोडेलको टिभिएस अपाचे लन्चिङ्ग हुँदै

बुटवलमा आज नयाँ मोडेलको टिभिएस अपाचे लन्चिङ्ग हुँदै

images
  • बुटवलमा आज नयाँ मोडेलको टिभिएस अपाचे लन्चिङ्ग हुँदै
    images
    images

    बुटवल । जगदम्बा मोटर्सले बुटवलमा विएस -६  (BS–VI) मोडलको नयाँ टिभिएस अपाचे लन्चिङ्ग गर्ने भएको छ । मोर्टसले शुक्रबार (आज) बुटवलको कन्सेप्ट क्लब एण्ड पब कालिकानगरमा एक कार्यक्रमका विच विएस भिआई मोडलको नयाँ टिभिएस अपाचे (Tvs Apache RTR 160 4V RTFI) को लन्चिङ्ग गर्न लागेको हो ।

    images
    images
    images

    यो नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल रहेको कम्पनीका क्षेत्रीय विक्री प्रबन्धक धनिराम भुसाल बताउँछन् । जसमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरू रहेको उनको दावी छ । भुसालका अनुसार यसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछ । 

    images
    images
    images

    उक्त कार्यक्रममा प्रस्तुति दिनको लागि नेपाली गायक अनिल सिंह बुटवलमा आई सकेका उनले जानकारी दिए ।

    images
    images
    images

    मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको बिएस - ६ (BS–VI) अनुरूप इन्जिन रहेको छ । जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँने कम्पनीका प्रतिनिधिहरूको दावी छ ।। यसमा स्मार्ट एक्स जडान जस्ता प्रविधिहरू पनि रहेको व्यवस्थापक भुसालले बताए । जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउने र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्न सकिनेछ । मोटरसाइकलमा एग्रेसिभ डिआरएल (DRL) हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, एविएस (ABS) जस्ता अन्य धेरै फिचरहरु रहेको जनाईएको छ ।

    जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७ भन्दा बढी डिलर, २०० भन्दा धेरै सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल भएको  टिभिएसले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # टिभिएस अपाचे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।