Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

इन्द्रसरोवरमा सतह बढेपछि कुलेखानी–सिस्नेरी सडकमा सवारी रोक

इन्द्रसरोवरमा सतह बढेपछि कुलेखानी–सिस्नेरी सडकमा सवारी रोक

images
  • इन्द्रसरोवरमा सतह बढेपछि कुलेखानी–सिस्नेरी सडकमा सवारी रोक
    images
    images

    हेटौडा । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह लगातार बढ्न थालेपछि मकवानपुर प्रशासनले कुलेखानी हुँदै काठमाडौं जाने तथा काठमाडौं हुँदै हेटौंडा आउने यात्रुका लागि विशेष यात्रा सचेतना जारी गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जलाधार क्षेत्रमा भइरहेको वर्षाको अवस्था हेरी नेपाल विद्युत् प्राधिकरणले साइरन बजाएर सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने जनाएको छ ।

    images
    images
    images

    प्रशासनले आज असोज ११ गते दिउँसो ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म भैंसे हुँदै देउराली-सिस्नेरी-काठमाडौं तथा पालुङ हुँदै सिस्नेरी–देउराली–हेटौंडातर्फ कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

    images
    images
    images

    अत्यावश्यक कामका लागि काठमाडौं जाने वा हेटौंडा आउने यात्रुले उक्त अवधिमा वैकल्पिक मार्ग तथा त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापनसम्बन्धी जारी सूचनाअनुसार यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

    साथै, उक्त मार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई जिल्ला प्रशासन कार्यालयको आधिकारिक सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्द्रसरोवर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।