चितवन । नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको ‘राइनो क्रुज’ बगाएर पल्टाएको छ। बाढीले बगाएको क्रुज नारायणी पुलको पिलरमा अड्किएको छ।
नेपालकै पहिलो र ठूलो क्रुजका रूपमा सञ्चालनमा रहेको राइनो क्रुज नदीको तीव्र बहावले बगाएर पुलमा अड्किएपछि नारायणी पुलको सुरक्षामा समेत चुनौती थपिएको छ ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि राइनो क्रुज सञ्चालनमा आएको थियो। नवलपुर र आसपासका पर्यटकीय क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा करिब ५० करोड रुपैयाँको लगानीमा क्रुज सञ्चालनमा ल्याएका थिए ।
साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा रहेको छ। क्रुजमा एकपटकमा दुई सय जनासम्म यात्रु राख्न सक्ने क्षमता रहेको थियो।
नारायणी नदीमा आएको बाढीले क्रुज बगाएर पुलमा अड्काएपछि त्यसलाई सुरक्षित रूपमा हटाउने तथा पुलमा परेको सम्भावित जोखिमबारे चासो बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology