Logo

२०८३, आश्विन १७गते


images
images

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा

मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा

images
  • मौसम पूर्वानुमान : लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

    images
    images
    images

    हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल र तराई भु-भागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    images
    images
    images

    त्यस्तै आज राति देशका हिमाली र पहाडी भू-भागमा तथा सुदुरपश्चिम र लुम्बिनी प्रदेशको तराई भु-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने  देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।