Logo

२०८३, कार्तिक २५गते


images
images

इरान-अमेरिका द्वन्द्व

अमेरिकी बमबारीपछि भग्नावशेषबाट मोज्तबालाई निकालिएको दाबी

अमेरिकी बमबारीपछि भग्नावशेषबाट मोज्तबालाई निकालिएको दाबी

images
  • अमेरिकी बमबारीपछि भग्नावशेषबाट मोज्तबालाई निकालिएको दाबी
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईलाई उपचार भइरहेको अस्पतालमा अमेरिकी बमबारी भएपछि भग्नावशेषबाट उद्धार गरिएको दाबी गरिएको छ ।

    images
    images
    images

    इरानको विशेषज्ञ सभाका सदस्य मोहसेन हैदरीले कतारको टेलिभिजन सञ्जाल अल अरबिसँगको अन्तर्वार्तामा मोज्तबा घाइते भएपछि अस्पताल भर्ना गरिएको र तेहरानका तीन अस्पतालमा बमबारी हुँदा उनी तेस्रो अस्पतालको भग्नावशेषमा पुरिएको बताएका छन् । उनका अनुसार मोज्तबालाई भग्नावशेषबाट निकालिएको थियो ।

    images
    images
    images

    मोज्तबा खामेनेईलाई गत मार्च ८ मा इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको थियो । हैदरीले सरकारी टेलिभिजनबाट घोषणा नभएसम्म मोज्तबालाई समेत आफ्नो चयनबारे जानकारी नभएको दाबि गरेका छन्  ।

    images
    images

    हैदरीले मोज्तबा स्वस्थ रहेको र धार्मिक तथा नेतृत्व क्षमता भएकाले उनलाई सर्वोच्च नेताका रूपमा चयन गरिएको दाबी गरेका छन् । यद्यपि, मोज्तबाको हालको अवस्थाबारे स्वतन्त्र रूपमा विस्तृत जानकारी सार्वजनिक भएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोज्तबा
  • # बमबारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।