Logo

२०८३, श्रावण ३१गते


images
images

६ महिनामा २ लाख ३७ हजार पर्यटकले भ्रमण गरे नेपाल

६ महिनामा २ लाख ३७ हजार पर्यटकले भ्रमण गरे नेपाल

images
  • ६ महिनामा २ लाख ३७ हजार पर्यटकले भ्रमण गरे नेपाल
    images
    images

    काठमाडौं । सन् २०२२ को पहिलो ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। अध्यागमन विभागका अनुसार गत महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका हुन्। 

    images
    images
    images

    सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए। दोश्रो महिना फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार, मेमा ५३ हजार र जुनमा करिब ४७ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन । 

    images
    images
    images

    कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको छ। 

    images
    images
    images

    कोभिड–१९ कारण विगत २ वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनमा वृद्धि भएसँगै लयमा फिर्ता हुने क्रममा रहेको छ। सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो। 

    सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुँदै आएको छ। पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने पहिलोमा भारतबाट २३ हजार २ सय ४८, दोश्रोमा अमेरिकाबाट ८ हजार ३ सय ५१, तेश्रोमा बेलायतबाट, २ हजार जना चौथोमा, अष्ट्रेलियाबाट १ हजार ४ सय ८२ जनाले नेपाल भ्रमण गरेका छन्। 

    बंगलादेशबाट २ हजार ५९ पर्यटन नेपाल आएका थिए। पछिल्लो समय बंगलादेशबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। मार्चमा बंगलादेशबाट २ हजार १ सय ५२ पर्यटन नेपाल आएका थिए। मे महिनामा सार्कबाट ३० हजार ५ सय ६०, आसियानबाट २ हजार २ सय ३०, युरोपबाट ६ हजार ८ सय, अमेरिकन रिजनबाट ४ हजार १ सय पर्यटककले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

    पछिल्लो समय नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ। मे महिनामा २६ हजार ६ सय ६२ जना भारतीयले नेपाल भ्रमण गरेका थिए। 
    भिसा लाउन नपर्ने, क्वारेन्टाइन बस्नु नपर्ने जस्ता सुविधाका कारण पछिल्लो समय भारतीय पर्यटकको नेपाल आगमनमा वृद्धि हुदै गएको छ तर जुनमा भने आगमन दरमा कमि आएको छ। 

    हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर कम रहेको जनाइएको छ। दक्षिण एसियामा भारतीय पर्यटकपछि सबैभन्दा बढी पर्यटक आउने देशमा भने बंगलादेश रहेको छ। बोर्डको तथ्यांक अनुसार मे महिनामा ३ हजार २ सय ६८ जना बंगलादेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

    मे महिनामा बेलायतबाट २ हजार ४ सय ५१ जना पर्यटक नेपाल आएका थिए। समग्र युरोप महादेशबाट मे महिनाभरिमा ६ हजार ८ सय ९५ जना पर्यटक नेपाल आएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रमण
  • # पर्यटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।