Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन परराष्ट्रमन्त्री खनालको आह्वान

डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन परराष्ट्रमन्त्री खनालको आह्वान

images
  • डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन परराष्ट्रमन्त्री खनालको आह्वान
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्  ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा डर्बन घोषणा तथा कार्ययोजना स्वीकृत भएको २५औँ वार्षिकोत्सवमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले डर्बन घोषणाले जातिवाद, जातीय भेदभाव, विदेशीद्वेष तथा उपनिवेशवाद, रंगभेद र प्रणालीगत अन्यायका स्थायी प्रभावविरुद्ध अन्तर्राष्ट्रिय समुदायको साझा संकल्प प्रतिबिम्बित गर्ने बताए ।

    images
    images
    images

    उनले भेदभावविरोधी कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकस्तरको पहल अघि बढाउन, सीमान्तकृत समुदायलाई सशक्त बनाउन तथा कृत्रिम बुद्धिमत्तासहित नयाँ प्रविधिको नियमन गर्न आह्वान गरेका थिए । उनले जातीय पूर्वाग्रहमा आधारित एल्गोरिदम र घृणास्पद अभिव्यक्ति रोक्नुपर्नेमा जोड दिँदै उनले विश्वव्यापी प्रणालीगत असहिष्णुता अन्त्य गर्न सिद्धान्तनिष्ठ बहुपक्षीयता अघि बढाउन पनि आग्रह गरेका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।