Logo

२०८३, आश्विन १७गते


images
images

नेसन्स लिग

चेक रिपब्लिकलाई हराउँदै नेसन्स लिगमा इंग्ल्यान्डको पहिलो जित

चेक रिपब्लिकलाई हराउँदै नेसन्स लिगमा इंग्ल्यान्डको पहिलो जित

images
  • चेक रिपब्लिकलाई हराउँदै नेसन्स लिगमा इंग्ल्यान्डको पहिलो जित
    images
    images

    काठमाडौँ । युरोपेली नेसन्स लिग अन्तर्गत समूह ए ३ को खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

    images
    images
    images

    खेलको पहिलो हाफमा चेक रिपब्लिकका पाभेल शुल्च रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इंग्ल्यान्डले १० खेलाडीमा सीमित घरेलु टोलीमाथि दबाब बढाएको थियो । पहिलो हाफमै मोर्गन रोजर्सको प्रहार पोस्टमा लागेको थियो भने चेक रिपब्लिकका गोलरक्षक मातेय कोभाजले ह्यारी केनको उत्कृष्ट प्रहार बचाएका थिए ।

    images
    images
    images

    दोस्रो हाफ सुरु भएको केही समयमै इंग्ल्यान्डले अग्रता लियो । ट्रेन्ट एलेक्जान्डर-आर्नोल्डको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-० ले अघि बढाए । त्यसपछि कप्तान ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । चेक रिपब्लिकको रक्षापंक्तिबाट आएको फितलो क्लियरेन्सको फाइदा उठाउँदै केनले छिटो प्रतिक्रिया जनाएर बललाई जाली चुमाएका थिए । इंग्ल्यान्डले यसअघि पहिलो खेलमा स्पेनसँग ३-२ को हार बेहोरेको थियो । चेक रिपब्लिक भने पहिलो खेलमा क्रोएसियासँग २-१ ले पराजित भएको थियो ।

    images
    images
    images

    समूह ए ३ मा इंग्ल्यान्डको दुई खेलबाट तीन अंक भएको छ । स्पेनले पहिलो दुई खेल जित्दै ६ अंक जोडेको छ भने क्रोएसिया र चेक रिपब्लिकको पनि समूहमा प्रतिस्पर्धा जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।