Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

देवदहमा राजस्वसम्बन्धी अभिमुखीकरण

देवदहमा राजस्वसम्बन्धी अभिमुखीकरण

images
  • देवदहमा राजस्वसम्बन्धी अभिमुखीकरण
    images
    images

    देवदह । देवदह नगरपालिकामा राजस्वसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका तथा उद्योगी-व्यवसायीबीच राजस्वका विषयमा सहकार्य, समन्वय र आवश्यक सहयोगका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा उद्योगी-व्यवसायीहरूको सहभागिता थियो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका अधिकृत अर्जुन पन्थीले राजस्वसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।

    images
    images
    images

    सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्योगी तथा व्यवसायीले आगामी दिनमा नगरपालिकाबाट आवश्यक सहयोग, सहजीकरण र सहकार्यका लागि तयार रहेको बताइन् ।  उनले उद्योग-व्यवसाय क्षेत्रको विकासका लागि स्थानीय सरकार र व्यवसायीबीच निरन्तर समन्वय आवश्यक रहेको उल्लेख गरिन् ।

    images
    images
    images

    कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ८ का अध्यक्ष हरि प्रसाद पाण्डे, कार्यपालिका सदस्य गीता भण्डारी, लक्ष्मी वि.क. लगायतको उपस्थिति रहेको थियो ।

    नगरपालिकाका राजस्व शाखा प्रमुख विष्णु प्रसाद बस्यालको सञ्चालनमा भएको कार्यक्रममा राजस्वसम्बन्धी व्यवस्था, व्यवसायीका जिज्ञासा तथा स्थानीय तह र व्यवसायीबीचको सहकार्यका विषयमा समेत छलफल गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजस्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।