Logo

२०८३, आश्विन १७गते


images
images

मुल्यवान सहकारीको १३औँ साधारण सभा : ४ करोड ३३ लाख बढीको सम्पत्ति

मुल्यवान सहकारीको १३औँ साधारण सभा : ४ करोड ३३ लाख बढीको सम्पत्ति

images
  • मुल्यवान सहकारीको १३औँ साधारण सभा : ४ करोड ३३ लाख बढीको सम्पत्ति
    images
    images

    देवदह । देवदहस्थित मुल्यवान बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images
    images

    शनिवार सम्पन्न साधारण सभाले संस्थाका अध्यक्ष गोविन्दबहादुर ठडराई, सचिव राधा बुढाथोकी, कोषाध्यक्ष विकास गहतराज र लेखा सुपरिवेक्षण समिति संयोजक हुनबहादुर सुनारको प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ ।

    images
    images
    images

    साधारण सभामा सहकारी प्रशिक्षक सन्दीप सापकोटाले सहभागी शेयर सदस्यलाई प्रशिक्षण दिएका थिए । 

    images
    images
    images

    प्राप्त प्रतिवेदन अनुसार संस्थाको चालु आर्थिक वर्ष २०८२/०८३ मा शेयर पुँजी ९२ लाख २५ हजार ५०० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा संस्थाको शेयर पुँजी ८२ लाख २१ हजार ५०० रुपैयाँ रहेको थियो ।

    त्यस्तै, चालु आवमा बचत निक्षेप ३ करोड ८ लाख ९ हजार ३४८ रुपैयाँ, ऋण लगानी ३ करोड ५० लाख ८० हजार ५२२ रुपैयाँ तथा कुल सम्पत्ति, पुँजी तथा दायित्व ४ करोड ३३ लाख २१ हजार ८४९ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    संस्थाले चालु आवमा ४१ लाख ११ हजार १९६ रुपैयाँ कुल आम्दानी र ३९ लाख २३ हजार रुपैयाँ कुल खर्च गरेको छ । करसहितको बचत १ लाख ८८ हजार १२६ रुपैयाँ रहेको जनाइएको छ ।

    संस्थामा हाल ८४० जना शेयर सदस्य र ९६ जना बाल बचत सदस्य रहेका छन् । गत आर्थिक वर्षमा शेयर सदस्य संख्या ७९८ र बाल बचत सदस्य संख्या ७४ रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।