Logo

२०८३, आश्विन १९गते


images
images

मौसम पूर्वानुमान: मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान: मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

images
  • मौसम पूर्वानुमान:  मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको जानकारी दिदै  देशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको उल्लेख गरेको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    images
    images
    images

    त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानपख हुस्सु पनि लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम सम्मको, कोशी र बागमती प्रदेशको हिमाली भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।