Logo

२०८३, आश्विन २०गते


images
images

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

images
  • सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस भएका छन् । 

    images
    images
    images

    मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको हो । 

    images
    images
    images

    सर्वोच्चका न्यायाधीशहरुको नियुक्ति नेपालको संविधानको धारा १२९ बमोजिम न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट हुने संबैधानिक व्यवस्था रहेको छ ।

    images
    images
    images

    धारा १२९ उपधारा ५ मा सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि नेपालको नागरिक भई कानुनमा स्नातक उपाधि प्राप्त गरेको र निम्न मध्ये कुनै एक क्षेत्रको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

    त्यस्तै उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा ५ वर्ष काम गरेको वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत (कानुन व्यवसाय) गरेको वा न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको योग्यता हुनुपर्ने तोकिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।