Logo

२०८३, आश्विन २०गते


images
images

हरमनप्रीतले छोडिन् भारतीय महिला क्रिकेट टिमको तीनै ढाँचाको कप्तानी

हरमनप्रीतले छोडिन् भारतीय महिला क्रिकेट टिमको तीनै ढाँचाको कप्तानी

images
  • हरमनप्रीतले छोडिन् भारतीय महिला क्रिकेट टिमको तीनै ढाँचाको कप्तानी
    images
    images

    काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले तीनै ढाँचाको कप्तानीबाट राजीनामा दिएकी छन् । 

    images
    images
    images

    उनले मंगलबार सामाजिक सञ्जालमार्फत कप्तानी छाडेको जानकारी दिएकी हुन् । यो निर्णय त्यसको एक दिनअघि गुवाहाटीमा भारतीय क्रिकेट नियन्त्रण बोर्डको बैठक बसेपछि आएको हो । बैठकमा हरमनप्रीत, उपकप्तान स्मृति मन्धाना र प्रशिक्षक अमोल मजुमदार सहभागी थिए । अब स्मृति मन्धानालाई नयाँ कप्तानको जिम्मेवारी दिन सकिने बताइएको छ ।

    images
    images
    images

    ३७ वर्षीया हरमनप्रीतको कप्तानीमा भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप जितेको थियो । उनको नेतृत्वमा भारतले एसिया कपका साथै एसियाली खेलकुदमा लगातार दुई स्वर्ण पदकसमेत जितेको थियो । हरमनप्रीतले सन् २००९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् । उनले भारतका लागि ८ टेस्ट, १६४ एकदिवसीय र २१० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी छन् । सन् २०१७ मा अर्जुन पुरस्कार पाएकी उनलाई सन् २०२६ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।