काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्मालाई आज संसदमा बोल्न नदिने भएको छ।
अर्थमन्त्री शर्माले आजको बैठकमा आफूमाथि लागेका आरोपबारे बोल्ने तयारी गरेका छन्।
एमालेले भने अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै बोल्न नदिने निर्णय गरेको हो।
अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए।
हामी अर्थमन्त्रीलाई बोल्न दिँदैनौं। संसदमा नाराबाजी हुन्छ। उहाँले बोल्ने आधार गुमाइसक्नुभएको छ,' उनले भने,'माओवादीले वार्ता गर्ने हो भने उच्च तहमा गर्ने होला। हामी अर्थमन्त्रीसँग भने वार्ता गर्दैनौं।'
प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology