काठमाडौं । बजेट निर्माण प्रकृयामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मा प्रकणमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन्।
मरासिनीले मंगलबार केहीदिन आफू बिदामा बस्न लागेको अर्थमन्त्री शर्मालाई जानकारी गराएको अर्थमन्त्रालयको उच्च स्रोतले जनाएको छ।
सचिव मरासिनीको भनाइ उदृत गर्दै अर्थमन्त्रालय स्रोतले भन्यो,'सचिवज्यू केही दिन बिदामा छु भन्नु भएको छ। कति दिन हो थाहा छैन। बजेट निर्माणमा नाम मुछिएपछि अर्थसचिव मरासिनी अप्ठ्यारोमा परेका छन्।'
सचिव मरासिनीले मुख्य सचिव शंकरदास बैरागीसँग समेत आफू बिदामा रहेकोबारे जानकारी गराएका छन्।
बजेट निर्माणमा नाम मुछिएपछि अर्थसचिव मरासिनी अप्ठ्यारोमा परेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology