काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति बनाउन दलहरु बिच सहमति जुटेको छ । बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको र एमालेले समितिमा को–को पठाउनेबारे छलफल भइरहेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति भएको हो ।
दलहरुले समिति सदस्य तोकेपछि सभामुखले सभामा प्रस्तुत गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी एमालेले गत असार १४ गते बेलुकाको अर्थमन्त्रालयको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आइरहेको छ ।
स्मरण रहोस्, यस अघिपनि बजेट अघिल्लो दिन नै चुवाहट गरेको भन्दै एमालेबाट अर्थमन्त्री बनेका भरतमोहन अधिकारी र केपी ओली प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलमाथि पनि छानबिन गर्न संसदिय समिती भनेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology