Logo

२०८३, आश्विन २४गते


images
images

सहकारी

कोलिय देवदह साकोसको कुल सम्पत्ति २ अर्ब २ करोडभन्दा बढी, नाफा झण्डै अढाई करोड

कोलिय देवदह साकोसको कुल सम्पत्ति २ अर्ब २ करोडभन्दा बढी, नाफा झण्डै अढाई करोड

images
  • कोलिय देवदह साकोसको कुल सम्पत्ति २ अर्ब २ करोडभन्दा बढी, नाफा झण्डै अढाई करोड
    images
    images

    देवदह । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति २ अर्ब २ करोड ७५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । संस्थाको २१औँ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक विवरणअनुसार सहकारीको कुल आम्दानी १४ करोड ३१ लाख रुपैयाँभन्दा बढी र खुद बचत २ करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

    images
    images
    images

    साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थाको सेयर पुँजी ७ करोड ७५ लाख ३२ हजार ७ सय रुपैयाँ, संस्थागत पुँजी १३ करोड १६ लाख ११ हजार २०५ रुपैयाँ र बचत निक्षेप १ अर्ब ७५ करोड ३२ हजार ४ सय ९ रुपैयाँ रहेको छ । त्यस्तै, सहकारीले १ अर्ब ३८ करोड ४ लाख ८३ हजार १ सय ३१ रुपैयाँ ऋण लगानी गरेको संस्थाले जनाएको छ ।

    images
    images
    images

    संस्थाको आर्थिक अवस्थासँगै साधारणसभामा वित्तीय पारदर्शिता, सुशासन र सदस्यप्रतिको जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने विषयले समेत महत्व पाएको छ । सहकारीका सदस्यले आफ्नो बचतको सुरक्षा, संस्थाको वित्तीय अवस्था र सञ्चालक समितिको कार्यसम्पादनबारे नियमित जानकारी राख्दै खबरदारी गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    images
    images
    images

    साधारणसभाको मूल समारोहमा प्रमुख वक्ताका रूपमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का पूर्व वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता प्रशिक्षक दामोदर अधिकारीले सहकारीका सदस्य संस्थाका मालिक समेत भएकाले संस्थाका गतिविधिबारे जानकार रहनुपर्ने बताए ।

    उनले बढी ब्याज दिने प्रलोभनमा मात्र परेर सहकारीमा बचत गर्न नहुने उल्लेख गर्दै संस्थाको विश्वसनीयता र वास्तविक वित्तीय अवस्था बुझेर निर्णय लिन आग्रह गरे । ब्याजको प्रलोभनमा पर्दा धेरै नेपालीले आफ्नो बचत गुमाउनुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले बचत गर्नुअघि संस्थाको आर्थिक अवस्था र विश्वसनीयताबारे अध्ययन गर्नुपर्ने बताए ।

    साधारणसभाले संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव कृष्णराज पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष हरि भण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । 

    जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष शुभकान्त न्यौपाने, संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, विष्णुप्रसाद पौडेल, मित्रलाल न्यौपाने, भीमप्रसाद गुरुङलगायतको उपस्थिति रहेको साधारणसभामा संस्थाका सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

    साधारणसभाको अवसरमा २५० भन्दा बढीको परीक्षण

    संस्थाको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित निःशुल्क मधुमेह तथा दन्त परीक्षण शिविरबाट २५० भन्दा बढीले स्वास्थ्य परीक्षण सेवा लिएका छन् । सहकारीका शेयर सदस्यहरूलाई लक्षित गरी निःशुल्क मधुमेह तथा दन्त परीक्षण सेवा प्रदान गरिएको हो ।

    लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको आयोजनामा, कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको सहयोग तथा साधना पोलिक्लिनिक, विजय डेन्टल होम र केरवानी मेडिकल हलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोलिय देवदह साकोस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।