Logo

२०८३, आश्विन २४गते


images
images

टेलिकमले ल्यायो दसैँ–तिहार अफर

टेलिकमले ल्यायो दसैँ–तिहार अफर

images
  • टेलिकमले ल्यायो दसैँ–तिहार अफर
    images
    images

    काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल प्याकेजसहितको ‘दसैँ-तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

    images
    images
    images

    असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्दा १२ महिनाको शुल्कमा १३ महिना सेवा उपलब्ध हुनेछ। भर्चुअल सेटटप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटको व्यवस्था पनि गरिएको छ ।

    images
    images
    images

    मोबाइल ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका असीमित डाटा प्याकेज ल्याइएको छ। त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट र ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने एक हजार सन्देशको प्याकेज पनि उपलब्ध हुनेछ। यी मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ ।

    images
    images
    images

    मोबाइल अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेलिकम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।