Logo

२०८३, आश्विन २४गते


images
images

समाचार

अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

images
  • अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
    images
    images

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन् । असोज ८ देखि ११ गतेसम्मको विपद्ले प्रभावित १ हजार १३२ टावरमध्ये १ हजार २ वटा सञ्चालनमा आएका छन् भने १३० वटा अझै बन्द छन् ।

    images
    images
    images

    मन्त्रालयमा टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, उद्धारकर्मी र सरकारी निकायलाई कठिनाइ हुने भएकाले पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरे । विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक उपाय अपनाएर सेवा चलाउन उनले निर्देशन दिए ।

    images
    images
    images

    नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालका अनुसार विद्युत् र सडक संरचनामा क्षति पुगेकाले केही प्रभावित साइटमा प्राविधिक टोली तथा उपकरण पुर्‍याउन कठिन भएको छ । सडकबाट पुग्न नसकिने ठाउँमा जेनेरेटर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति हेलिकप्टरमार्फत लैजाने तयारी भइरहेको उनले बताए ।

    images
    images
    images

    सञ्चालनमा आउन बाँकी टावरमध्ये म्याग्दीमा २४, रोल्पा र प्युठानमा १९/१९, मनाङमा १५, बागलुङमा १३, पाल्पामा ११ र गुल्मीमा नौवटा छन् । अन्य प्रभावित जिल्लामा पनि टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको टेलिकमले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेलिकम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।