बुटवल । पाल्पा पालुङ्ग मैनादी रुपन्देही सम्पर्क समाजको दोस्रो साधारणसभा तथा विजया दशमी–२०८३ को शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष पदम नेपाल (सन्तोष) को अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा. माधव थापा प्रमुख अतिथि थिए ।
कार्यक्रममा सांसद थापाले सम्पर्क समाजले सबैलाई एकजुट बनाउँदै सुखदुःखमा साथ र सहयोग गर्दै आएको बताए । गाउँबाट सहरमा बसाइँसराइ गरे पनि आफ्नो गाउँलाई बिर्सन नहुने भन्दै उनले समाजले रचनात्मक काम गरेको प्रशंसा गरे । जनप्रतिनिधिका रूपमा गाउँको विकास र सम्पर्क समाजको हितमा काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
साधारणसभामा अध्यक्ष पदम नेपाल (सन्तोष) ले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कमलप्रसाद आचार्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक हरिबहादुर नेपालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटै प्रतिवेदन सर्वसम्मतले पारित भएका छन् ।
कार्यक्रममा समाजका सल्लाहकार कृष्णबहादुर कुँवर, धु्रव कुँवर, रणबहादुर कुँवर, समाजसेवी मधुकला कुँवर, पाल्पाली समाजका अध्यक्ष अधिवक्ता पदम कार्की, पाल्पा ठिमुरे रुपन्देही सम्पर्क समाजका अध्यक्ष समुन्द्र जिसी, पाल्पा फेक रुपन्देही सम्पर्क समाजका अध्यक्ष हरि कार्की, पाल्पा ख्याहा रुपन्देही सम्पर्क समाजका अध्यक्ष नारायण पहराई र कृष्ण जिसीलगायतले मन्तव्य राखेका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष मिनप्रसाद नेपाल (बिमल) को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव शंकर बिकेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology