Logo

२०८३, आश्विन २६गते


images
images

अमेरिकामा गोली प्रहारबाट बालबालिकासहित ९ जनाको मृत्यु

अमेरिकामा गोली प्रहारबाट बालबालिकासहित ९ जनाको मृत्यु

images
  • अमेरिकामा गोली प्रहारबाट बालबालिकासहित ९ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरमा शुक्रबार भएको गोली प्रहारमा बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति पनि मृत फेला परेका छन् । उनले आफैँलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    images
    images
    images

    अक्टोबर ९ मा पेरी स्ट्रिटस्थित एक घरबाहिर गोली चलाएर भित्र पसेका व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा पुगेको प्रहरीले सडकमा दुई महिलाको शव फेला पारेको थियो । तीमध्ये एक जना गर्भवती रहेको बताइएको छ । पछि घरभित्र थप सात जनाको शव फेला परेको थियो ।

    images
    images
    images

    प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन । गोली प्रहारको कारणबारे अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    समाचार विवरणअनुसार, सन् २०२६ को सेप्टेम्बर २४ सम्म अमेरिकामा सामूहिक गोलीकाण्डका ३४३ घटना भएका थिए । ती घटनामा ३२० भन्दा बढीको मृत्यु भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।