Logo

२०८३, आश्विन २९गते


images
images

झुटो उजुरी दिने रुकुमका दीपक मगरलाई जरिवाना

झुटो उजुरी दिने रुकुमका दीपक मगरलाई जरिवाना

images
  • झुटो उजुरी दिने रुकुमका दीपक मगरलाई जरिवाना
    images
    images

    काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई झुटो उजुरी दिएको आरोपमा दुई हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    images
    images
    images

    आयोगका अनुसार पुन मगरले आफूलाई नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बताउने एक व्यक्तिले सहकारीबाट लिएको ऋणको भुक्तानी माग्दा मुद्दा मिलाइदिने भन्दै ४० लाख रुपैयाँ मागेको र त्यसमध्ये १५ लाख रुपैयाँ नगद लिएको आरोपसहित उजुरी दिएका थिए। उनले ती व्यक्तिले आफ्नी कान्छी श्रीमतीको नाममा थप चेक लिएको र धम्की दिएको दाबी गरेका थिए ।

    images
    images
    images

    एबी राई अर्थात् आङबाबु राईको नामबाट दर्ता भएको उक्त उजुरीबारे अनुसन्धान गर्दा राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको बताएका थिए। उनले उक्त घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका थिए ।

    images
    images
    images

    आयोगसमक्ष २०८३ असार १७ गते बयान दिने क्रममा पुन मगरले उक्त उजुरी आफूले नै आङबाबु राईको नामबाट दिएको स्वीकार गरेका थिए। अनुसन्धानका क्रममा पुन मगर र आङबाबु राई दुवैले कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकम नमागिएको बयान दिएको आयोगले जनाएको छ।

    आयोगका अनुसार उजुरीकर्ताको नाम र हस्ताक्षर स्वीकृतिबिना प्रयोग गरी सम्बन्धित व्यक्तिलाई दुःख दिने बदनियतले झुटो उजुरी दिएको पुष्टि भएपछि पुन मगरलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरिएको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।