जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ ।
शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र नेकपा एमालेले बुझाएको हो ।
एमालेले नेपाली कांग्रेस र नेपाली कम्यनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पुरा नभएकोले समर्थन फिर्ता लिएको जनाएको हो ।
यसैगरि, एमालेबाट प्रदेश सरकारमा मन्त्री रहेका चार मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री मो. समीर, खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुद मन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology