Logo

२०८३, श्रावण ३०गते


images
images

मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव

मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव

images
  • मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव
    images
    images

    काठमाडौं । सत्तारुढ दलहरुले मधेस प्रदेश सरकारको नेतृत्व छाड्न जनता समाजवादी पार्टी (जसपा)लाई दबाव दिएका छन् । यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन ।

    images
    images
    images

    मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो ।

    images
    images
    images


    ‘आज प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्नुभयो कि ५ दलको बैठकमा उपचुनावपछि सरकारको नेतृत्व लोसपाले पाउँछ भनेर सहमति भएको थियो’, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश संसदीय दलका नेता अभीराम शर्मा भन्छन्, ‘प्रधानमन्त्रीले त्यसो भन्दा कसैले पनि होइन भन्नुभएन ।’

    images
    images
    images


    कांग्रेस र लोसपा दुबै दलले त्यो सहमति कार्यान्वयन गर्न जसपालाई दबाव दिँदै आएको छ । तर जसपा नेताहरुले भने मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने बताएको छ । बालुवाटार बैठकमा पनि जसपाले यही मत राखेको थियो ।


    मधेस प्रदेशका नेताहरुको धारणा सुनेपछि शीर्ष नेताहरुको छुट्टै बैठक पनि बसेको थियो । तर सहमति हुन सकेन । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएपनि पहिलो को भन्ने सहमति नभएको भन्दै माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह भन्छन्, ‘भोलि बिहान १० बजे फेरि बैठक बोलाइएको छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।