देवदहमा । रोजवर्ड मन्टेश्वरी देवदहमा हिन्दुहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरुलाई दशैँमा हुने विभिन्न साँस्कृतिक गतिविधिमा संङ्लग्न गराउनुका साथै दशैँको टिका पनि प्रदान गरिएको थियो ।
मौलिक संस्कृतिको बारेमा बालबालिकालाई जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल विपना पौडेल रिजालले जानकारी दिइन् ।
कार्यक्रममा शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology