बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
गएराती विद्युत् तारमा सर्ट सर्किट भएर ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दुई लाख लिटर क्षमताको उक्त ट्यांकीमा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान करिब २: ३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology