काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन जाने भएकी छन् । भण्डारी चाइना साउदर्न एयरलाइन्सबाट विहिबार अपरान्ह गोन्जाओ प्रस्थान गरेकी हुन् ।
भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
भण्डारीको साथमा डा. कैलाश कुमार भण्डारी र सोम राई जाँदैछन् । एमालेको वरिष्ठ नेता बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology